0
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा सुनको मूल्यमा भारी गिरावट आएको हो ।
मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।
चाँदी तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।