अत्यधिक चिसो बढेपछि पठनपाठन बन्द

0 Shares

काठमाडाैं । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण सिरहाका सामुदायिक विद्यालयको पठनपाठन बन्द हुन थालेको छ ।

शीत लहरसहितको चिसोले विद्यार्थीको स्वास्थ्यमा असर परेकाले स्थानीय तहले विद्यालय बन्दको सूचना जारी गर्न थालेका छन् ।

गोलबजार नगरपालिकाले मंगलबार सूचना जारी गरी आजदेखि पठनपाठन बन्द गरिएको जनाएको छ । नगरपालिकाका शिक्षा शाखा अधिकृत सुबोधकुमार लामाका अनुसार बन्द विद्यालय आगामी माघ २ गतेदेखि खुल्ने छन् ।

त्यसैगरी लक्ष्मपुर पतारी गाउँपालिकाले पनि आजदेखि लागू हुने गरी सूचना जारी गर्दै यहाँका सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको जनाएको छ । नरहा गाउँपालिकाले पनि सूचना जारी गर्दै बिद्यालय बन्द गरिएको जनाएको छ ।

पछिल्लो केही दिनयता बाक्लो हुस्सु र शीत लहरको कारण तापक्रम घटेपछि तराईको जनजीवन प्रभावित भएको छ । चिसोका कारण विद्यालय आउने विद्यार्थी संख्या पनि ह्वात्तै हटेको छ ।

सम्बन्धित समाचार