कुशल-गुल्सन चम्किँदा आयरल्यान्ड ‘ए’लाई विशाल रनको लक्ष्य

0 Shares

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी मैत्रीपूर्ण खेलमा नेपालले आयरल्यान्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ ।

नेपालले ७ विकेटको क्षतिमा २० ओभर खेल्दै १९८ रन बनाएको हो । नेपालको लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए । उनले ३२ बल खेल्दै ४६ रन बनाए ।

यस क्रममा उनले एक चौका र चार छक्का प्रहार गरे । कुशल मल्लले १३ बलमा ३४ रन, कप्तान रोहित पौडेलले २४ बलमा ३३ रन बनाए । अनिल साहले ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए ।

यस्तै, ओपनरद्वय कुशल भुर्तेलले २५ रन बनाउँदा आशिफ शेखले ११ रन बनाएर आउट भए । सन्दीप जोराले १० बलमा २१ रन बनाउँदा विवेश यादव ८ रनमा नटआउट भए ।

सम्बन्धित समाचार