अर्धशतक बनाउन चुके गुल्सन झा

0 Shares

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’सँग मैत्रीपूर्ण खेलमा नेपालको चौथो विकेट पतन भएको छ । गुल्सन झाले अर्धशतक बनाउन चुक्दा चौथो विकेट पतन भएको हो ।

लगातार दोस्रो टी २० खेलमा जितको खोजीमा रहेको नेपालका लागि गुल्सनले ३२ बल खेल्दै ४६ रन बनाए । यस क्रममा उनले एक चौका र चार छक्का प्रहार गरे ।

यसअघि नेपालले तेस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको थियो । उनले ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए ।

यस्तै, ओपनरद्वय कुशल भुर्तेलले २५ रन बनाउँदा आशिफ शेखले ११ रन बनाएर आउट भएका थिए ।

सम्बन्धित समाचार