0
Shares
काठमाडौं । चीनमा सञ्चालित उच्च गति रेलवेको सन् २०२३ को अन्त्यसम्म ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले जनाएको छ ।
चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ ।
चीनको रेल क्षेत्रमा लगानी १०७.७ विलियन अमेरिकी डलर पुगेको देखिन्छ । जुन अघिल्लो वर्षको तुलानामा ७.५ प्रतिशतले बढी हो ।
सन् २०२३ मा कूल तीन हजार ६३७ किलोमिटर नयाँ ट्र्याकहरू सञ्चालनमा आएका छन् । जसमा दुई हजार ७७६ किलोमिटर उच्च गति रेलवेहरू समावेश छन् ।
गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, १०२ वटा रेलवे स्टेशनमा सेवाको शुरुवात तथा निर्माणाधीन ११२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ ।