प्यूठानमा ६८ वर्षीय वृद्धको हत्या

0 Shares

काठमाडौं । प्यूठानमा एक जना ६८ वर्षीय पुरूषको हत्या भएको छ।

जिल्लाको गौमुखी गाउँपालिका–५ का ६८ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले बताएका छन् ।

उपाध्यायको अनुहारमा गहिरो घाउ खत देखिएको हुँदा उनीमाथि घरेलु हतियार प्रहार भएको हुन सक्ने डिएसपी बस्यालले बताए ।

उपाध्यक्षको शव शुक्रबार बिहान ९ बजेतिर खुमबाट नारीकोट जाने कवलपति वनको भित्री बाटोमा शव फेला परेको थियो । उपाध्याय सामान्य खेती किसानी गर्ने व्यक्ति थिए ।

उनको हत्याको आशंकामा सोधपुछका लागि तीन चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

‘हामी हत्यामा संलग्न व्यक्तिको नजिक पुगेका छौं,’ डिएसपी बस्यालले भने, ‘हत्या आरोपी उम्कन सक्ने अवस्था छैन ।’

घटनास्थल जिल्ला प्रहरी कार्यालय खलंगाबाट ४६ किलोमिटर टाढा पर्छ ।

सम्बन्धित समाचार