0
Shares
काठमाडौं । स्थानीय बजारमा आज(बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १४०० सय रुपैयाँले बढेको हो ।
बुधबार एक तोला छापावाल सुनको मूल्य एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य मंगलबार एक लाख ५९ हजार २०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, मंगलबार एक हजार ८३५ रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज २० रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।