0
Shares
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक(डीएसपी)पूर्णिमाकुमारी चन्दलाई दिइएको छ । परिसरले आज (बुधबार) देखि उनलाई सो जिम्मेवारी दिएको हो ।
परिसरको प्रवक्ता रहेका एसपी नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । डीएसपी चन्द परिसरको प्रशासन शाखामा कार्यरत छिन् ।