0
Shares
काठमाडौं । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका ४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।’ उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।