सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर

0 Shares

काठमाडौँ । माघ ७ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदीको खरिदबिक्री आईतबार कायम मूल्यलाई आधार मानेर कारोबार भईरहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा किनबेच भईरहेको छ ।

सम्बन्धित समाचार