साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ

0 Shares

काठमाडौं । साइकलको सिटमुनि राखेर भारतबाट लागुऔधष ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सुनसरीबाट एकजनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो सुनसरीको कोशी गाउँपालिका १ भन्सार गेटमा सशस्त्र प्रहरी बल बीओपी लौकहीबाट सहायक हवल्दार मनोजबाबु कार्कीको कमाण्डमा खटिएको चेकप्वाइन्ट टोलीले लागुऔषधसहित अनिश चौधरीलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको सुनसरीको रामधुनी नरपालिका १ बस्ने २२ वर्षीय अनिश चौधरीलाई शंका लागी चेकजाँच गर्दा साइकलको सिटमुनि प्रतिबन्धि लागुऔषध बरामद भएको हो ।

ससश्त्र प्रहरीले उनको साथबाट प्रतिबन्धित लागुऔषध १.५४ ग्राम ब्राउन सुगर र नाइट्राजेपाम ८९ ट्याब्लेट फेला परेपछि उनलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लौकहीमा बुझाइएको छ।

सम्बन्धित समाचार