फोनपे पेमेण्ट सर्भिसको साधारणसभा सम्पन्न, लाभांश वितरणको घोषणा

0 Shares

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौँ साधारणसभा सम्पन्न भएको छ। ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरिएको छ ।

फोनपेको शेयर धनीलाई २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको छ । साथै, आर्थिक वर्ष २०८१र८२ को लेखापरीक्षकका लागि एनबीएसएम एण्ड एसोसियटलाई नियुक्ति गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार