आज तीन प्रदेशमा वर्षाको सम्भावना, अरू स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार यी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशका भाग भने आज मुख्यतय सफा रहने महाशाखाले जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेका ठाउँमा जाडोले जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार