काठमाडौँ । कुमारी बैंक लिमिटेडले माघ २१ गते २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले माघ २१ गते काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेसभा आह्वान गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयर लगानीकर्तालाई कुनैपनि लाभांश दिएको छैन । सोही कारण सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन ।
बैंकको सभाले वार्षिक प्रतिवेदन र वित्तीय विवरण अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण जस्ता साधारण एजेन्डाहरुमा मात्र छलफल हुनेछ । साथै, बैंकको सहायक कम्पनीहरू—कुमारी क्यापिटल र के।बि।एल। सेक्युरिटिज लिमिटेडको वित्तीय विवरण पनि अनुमोदन गर्नेछ ।
बैंकले साधारण सभाका प्रयोजनका लागि माघ ११ गते बुकक्लोज गर्ने भएको छ। बुकक्लोज अनुसार माघ १० गतेसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी दर्ता पुस्तिकामा लगत कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र मताधिकार प्रयोग गर्न पाउनेछन् ।