बुध्द एयरमा नेपाल बैंकका खातावालालाई छुट

0 Shares

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई बुध्द एयरमा छुट पाउने भएका छन् ।

बुध्द एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा पुस २५ गते हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुध्द एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक रुपेश जोशीले हस्ताक्षर गरे।

उक्त सम्झौता बमोजिम बुध्द एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र नेपाल बैंक लिमिटेडका ग्राहकलाई टिकट (बुध्द एयर अफिस काउन्टर) शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई कार्गो सर्भिसमा ३० प्रतिशत छुट हुने छ ।

सम्झौताबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बुध्द एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्नेछन् ।

सम्बन्धित समाचार