एनएमबि बैंकको २९औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

काठमाडौँ । एनएमबि बैंकको २९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब टुँडिखेल, काठमाडौंमा एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा २ अर्ब २४ करोड रुपैयाँ, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार