आईपीएल खेल आजदेखि सुरु हुँदै

0 Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७ औँ संस्करण आजदेखि रातिदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरबीच चेन्नईस्थित एम. ए. चिदम्बरम क्रिकेट रंगशालामा भब्य उद्घाटन समारोह आयोजना गरिने छ ।

उद्घाटन समारोहमा बलिउडका चर्चित हस्तीहरुले आफ्नो प्रस्तुति दिने समाचारमा जनाइएको छ । उद्घाटन समारोहमा चर्चित गायक एआर रहमान र सोनु निगमले प्रस्तुति दिने छन् ।

प्रतियोगिताको १७ औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लुर र सनराइजर्स हैदराबादको सहभागिता रहने छ ।

भारतमा हुने लोकसभा चुनावका कारण पहिलो चरणमा आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । हाल घोषणा गरिएको तालिकाअनुसार, पहिलो चरणको अन्तिम खेल अप्रिल ७ मा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबीच हुने छ ।

प्रतियोगितामा कूल ७४ खेल खेलाइने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १७ औँ संस्करणका सबै खेल भारतमै खेलाइने जनाइएको छ । दोस्रो चरणको खेल संयुक्त अरब इमिरेट्स (यूएई)मा खेलाइने समाचार आइरहँदम बीसीसीआईले यस्तो बताएको हो ।

सम्बन्धित समाचार