0
Shares
काठमाडौं। सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ सिस्नेपाल गाउँमा दुई नाबालिका आफ्नै घरभित्र मृत फेला परे । मृत्यु हुनेमा ३ वर्षीया करिश्मा र ६ महिनाकी राघवी राना थिए ।
उनीहरूको हत्या आशंकामा प्रहरीले उनीहरूकै आमा २६ वर्षीया पूर्णिमा राना मगरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बालिकाका बुवा टेकमान राना कामको सिलसिलामा नुवाकोटमा छन् ।
घटनाअघि श्रीमानसँग फोनमा झगडा भएपछि आफू पनि मर्ने गरी छोरीहरूलाई मारेको पूर्णिमाले बयान दिएको प्रहरीले जनाएको छ ।
घटनापछि नुवाकोटमा रहेका टेकमान सल्यान जाँदै छन् । घटनाबारे थप अनुसन्धान बाँकी भएको प्रहरीले जनाँएको छ ।