पशु चराएको निहुँमा झडप हुँदा ४२ जनाको मृत्यु, १७५ पक्राउ

0 Shares

काठमाडौं । पूर्वी चाडमा दुई समुहबीच भएको झडपमा ४२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ । यस देशको मरुभूमि क्षेत्र प्राय जमिन विवादले ग्रस्त छ ।

मन्त्रालयले झडपमा को सामेल थियो ? कति समय झडप भयो ? भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । यस क्षेत्रमा नियमित रूपमा बसेका किसान र फिरन्ते गोठाला वा अन्य समूहबीच जमिनलाई लिएर झडप भएको देखिन्छ ।

झडपका कारण घटना स्थलबाट १७५ जनालाई पक्राउ गरिएको एक विज्ञप्तिमा जनाइएको छ । झडपका क्रममा ओउद्दाई प्रान्तको टिलेगुए गाउँको ‘ठूलो भाग’लाई हतियारधारी मानिसले आगो लगाएका थिए ।

सार्वजनिक सुरक्षा मन्त्री जनरल महामत चारफडाइन मार्गुईले भने, ‘स्थिति नियन्त्रणमा छ तर विभिन्न पक्षबीच मेलमिलाप गराउने प्रयास गरिरहेको छु ।’

किसानले गोठालामाथि आफ्नो जमिनमा पशु वस्तुलाई चराउन वा बाली कुल्चन दिन अनुमति दिएको आरोप लगाउँदा अधिकांश बासिन्दा सशस्त्र रहेको पूर्वी र दक्षिणी चाडमा प्राय झडप भइरहन्छन् ।

सम्बन्धित समाचार