माओवादीले वैज्ञानिक समाजवाद मान्नेसंग एकता गर्ने

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी बलियो बनाउन बृहत् वामपन्थी एकतलाई प्राथामिकता दिने योजना सहित वैज्ञानिक समाजवाद मान्य शक्तिसंग एकता गर्ने भएको छ । पार्टी प्रवक्त अग्निप्रसाद सापकोटाले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आगामी चुनाव एक्लै लड्ने भएकाले पार्टी बलियो बनाउन वैज्ञानिक समाजवाद मान्नेसँग एकता गर्ने जानकारी दिए ।
आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सम्बोधनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), प्रभु साह नेतृत्वको आम जनता पार्टी र महिन्द्रा राय यादव नेतृत्वको नेपाल समाजवादीसँग एकताको पहल गरिने बताएका हुन् ।

‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्पस् आजको आवश्यकता’ शीर्षकको सांगठानिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले एकीकरणबारे लामो ब्रिफिङ गरेका प्रवक्ता सापकोटाले जानकारी दिए । ‘पार्टी एकता र बृहत् वामपन्थी एकीकरणको सन्दर्भमा अहिलेको मोर्चालाई सक्रिय गराउने कुरा भएको छ । त्यसका साथै वैज्ञानिक समाजवाद मान्नेसँग एकताको लागि पहल गर्ने कुरा अध्यक्षबाट आएको छ’, उनले भने, ‘त्यसका लागि विप्लव, नेकपा (बहुमत), एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, प्रभु साहको आमजनता पार्टीसँग पनि एकताको पहल गर्ने कुरा भएको छ ।’

अध्यक्ष प्रचण्डले ब्रिफिङका क्रममा देशैभरी माओवादीका लागि सकारात्मक ‘भाइब’ पैदा भएको बताएका थिए । उनले यथास्थितिबाट अगाडि बढ्नुपर्ने, जनतातिर फर्किनुपर्ने र अभियान चलाउन आवश्यक रहेको बताएको उपाध्यक्ष सापकोटाले जानकारी दिए ।

सम्बन्धित समाचार