काठमाडौंमा वर्षा हुँदै, राति यी स्थानमा पानी पर्ने

0 Shares

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली भएको छ ।

अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । काठमाडौंमा मध्याह्नपछि वर्षा सुरु भएको हो । कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि छिटपुट वर्षा भइरहेको छ ।

विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित छिटपुट वर्षाको सम्भावना छ ।

सम्बन्धित समाचार