कोदालोले हानेर श्रीमतीको हत्या-दुई कर्मचारी घाइते, वृद्ध पक्राउ

0 Shares

काठमाडौं । बैतडीको डिलासैनीमा एक वृद्धले कोदालोको बिँड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

डिलासैनी गाउँपालिका ७ धामीगाउँका ६५ वर्षीय कृष्ण धामीले कोदालोको बिँड प्रहार गरी श्रीमती पार्वती धामीको हत्या गरेका हुन् ।

श्रीमतीको टाउको र अनुहारमा प्रहार गरेपछि उनले छेउकै कोठामा बसेका पालिकाका कर्मचारी सुवास कलौनी र पालिकाकै कार्यालय सहयोगी देवराज भट्टमाथि आक्रमण गरेका थिए । घाइतेको टाउको र अनुहारमा चोट लागेको छ ।

उनीहरूलाई उपचारका लागि हेलिकोप्टरबाट कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार