0
Shares
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ। साथै राजस्व सङ्कलनको आधार पनि १४५.२३ प्रतिशतले बढेको छ। गत आवको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लख ६४ रुपैयाँबराबरको धान आयात भएको थियो।
चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार रुपैयाँबराबरको ८८ लाख ६६ हजार ५४० किलोग्राम चामल आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ।