सिआईबीलाई बयान दिएपछि बिनोद चौधरीले भने ‘आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन’

0 Shares

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा उद्योगपति बनोद चौधरीले बाँसवारी छालाजुत्ता उद्योग जग्गा प्रकरणमा आफुलाई राजनीतिक स्टन्ड गर्न मुछिएको बताएका छन ।

उनले सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) मा बिहीबार बिहान बयान दिएपछि पत्रकारसँग कुरा गर्दै आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन नपर्ने बताएका हुन ।

उनले भने ‘आज यो इस्यूमा उद्यमी र उद्यममाथि, लगानीकर्ता र करदातालाई राजनीतिकरण गर्न खोजेको प्रष्टसँग देखियो । देशको अर्थतन्त्र अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिएरहेको बेला मजत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि विश्वभरि रहेका नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले कुन सन्देश मनमा लिएर जान्छन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । ४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरुलाई।’

उनले थपे ‘४२ वर्षअगाडि बाँसवारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरियो, यो अत्यन्त दुखलाग्दो छ।’

सम्बन्धित समाचार