समस्या आएपछि चन्द्रागिरी केबलकार अवरुद्ध

0 Shares

काठमाडौँ । चन्द्रागिरी हिल्सको केबलकारमा समस्या आएको छ । हाइड्रोलिकमा समस्या आएपछि केवलकार अवरुद्ध भएको हो ।

हाइड्रोलिकमा समस्या आए पनि केबलकारमा कुनै यात्रु अड्किएका छैनन् । अहिले केबलकार मर्मत भइरहेको चन्द्रागिरी हिल्सले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले चन्द्रागिरी केबलकारमा समस्या आएपछि अहिले मर्मत भइरहेको बताए ।

सुवेदीका अनुसार चन्द्रागिरी हिल्समा करिब १ हजार यात्रु रहेका छन् । ती सबैलाई काठमाडौं पठाइँदै गरेको उनले बताए ।

सम्बन्धित समाचार