केही स्थानमा वर्षा जारी, दिउँसो काठमाडौंसहित यी स्थानमा वर्षा हुने

0 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव छ ।

जसका कारण हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात समेत भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी प्रदेशका केही स्थानमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भागका एक दुई स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश र कोशी प्रदेशका तराई भागका थोरै स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रहने छ । गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार