0
Shares
काठमाडौँ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा कुटपिटबाट एक जनाको हत्या गरिएको छ ।
पुस ८ गते थाहा नगरपालिका-१० मा भएको घटनामा परी घाइते भएका मूल गाउँ बस्ने ५३ वर्षीय हिराकाजी गोपालीको हत्या हो ।
गोपालीलाई सोही स्थान बस्ने ४७ वर्षीय जयराम गोपालीले कुटपिट गरेर घाइते बनाएको मकवानपुर प्रहरीले जनाएको छ । आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा जयरामले हिराकाजीलाइ कुटपिट गरेका थिए ।
हिराकाजीलाई उपचारको लागि काठमाडौंको दीर्घायु अस्पतालमा पठाइएकोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।