सुन र चाँदीको मूल्य बढ्यो

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य ४०० रुपैयाँ बढको भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार