0
Shares
काठमाडौं । गण्डकी प्रदेशकी पूर्वसांसद मिना गुरुङ पक्राउ परेकी छन् । सुर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोप लागेकी गुरुङलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ६३ लाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । पोखरा महानगरपालिका–१२ रानीपौवा घर भएकी मिना नेकपा एमालेबाट गण्डकी प्रदेश सभाको पूर्वसांसद हुन् । ६३ वर्षीया गुरुङ सूर्यदर्शनको सञ्चालक समितिको पूर्वउपाध्यक्ष पनि हुन् ।
पोखरा महानगरपालिका–२७ घर भएर चिप्लेढुंगा बस्ने आरती गुरुङ सूर्यदर्शनको पूर्वकोषाध्यक्ष हुन् । ४६ वर्षीय आरतीलाई पनि पहरीले पोखराबाट पक्राउ गरेको हो । उनीहरू सूर्यदर्शन सहकारीको पूरक अभियोग पत्रमा फरार प्रतिवादी थिए ।