भैंसेपाटी हनिट्र्याप काण्ड : इन्स्पेक्टर बिनु शाही पाँच लाख धरौटीमा रिहा

0 Shares

काठमाडौँ । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर बिनु कुमारी शाही पाँच लाख धरौटीमा रिहा भएकी छन् ।

आइतबार बयानका निम्ति उनी आफैं ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो।

आज भएको थुनछेक बहसपछि पाँच लाख धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ ।

सम्बन्धित समाचार