श्रीमतीको हत्यापछि आत्महत्या, छोराले भागेर जोगाए ज्यान

0 Shares

काठमाडौं । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अवस्थामा पुरुषको शव फेला परेको छ ।

मंगलबार राति बेलबारी नगरपालिका १ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनका छोराले भागेर ज्यान बचाएका छन् ।

प्रहरीका अनुसार राति ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

लगत्तै बमबहादुरले दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

मंगलबार राति २ बजे प्रहरीलाई घटनाको जानकारी आएलगत्तै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो ।

गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पुगेलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भागेर ज्यान जोगाएका थिए ।

सम्बन्धित समाचार