साथीको हत्या गरी फरार व्यक्ति २१ वर्षपछि पक्राउ

0 Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका ४ बस्ने ४१ वर्षीय तेजबहादुर राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए ।

उनका अनुसार निज व्यक्ति २०५९ सालमा सञ्जय शाहीको हत्या गरी फरार रहेका थिए । शाहीको २१ वर्षअघि काठमाडौं महानगर १९ मरुढोका इनाटोलमा रहेको बधशालामा मापसे गरी झगडा पर्दा राईले हत्या गरेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार