0
Shares
काठमाडौं । काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका ७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका ७ घर भएका ३२ वर्षीय प्रवेश कुमारपौडेल र झापा बिर्तामोड नगरपालिका ५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन् ।
प्रहरी वृत्त गौशलाबाट मंगलबार खटिएको प्रहरीले प्रदेशप्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो ।