आज देशभरको मौसम सफा हुने, काठमाडौँको न्यूनतम तापक्रम बढ्यो

0 Shares

काठमाडौँ । काठमाडौंको न्यूनतम तापक्रम उकालो लाग्न थालेको छ।

शनिबार यो वर्षकै कम तापक्रम हुँदा काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको थियो।

त्यसको तुलनामा आइतबार र सोमबार काठमाडौंसहित अन्य भूभागको न्यूनतम तापक्रम केही उकालो लागेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्।

सोमबार बिहान पौने ६ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहको महर्जनले जानकारी दिइन्।

यसअघि आइतबार काठमाडौंको न्यूनतम तापक्रम चार डिग्री सेल्सियभन्दा माथि थियो। शनिबारको तुलनामा आइतबार र सोमबार केही कम चिसो महशुस गरिएको छ।

काठमाडौंमा सोमबार अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान रहेको मौसमविद महर्जनले जानकारी दिइन्। जुम्लामा पनि शनिबार माइनस ७ डिग्री सेल्सियस थियो। सोमबार माइनस ४।४ डिग्री सेल्सियस मापन भएको छ ।

आज देशभरको मौसम सफा हुने पनि महाशाको पूर्वानूमान छ। तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

आज राति र भोलि दिउँसो बदली बढ्ने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी भूभाग र हिमाली भूभागतिर हल्का हिमपातको सम्भाव रहेको मौसमविद् महर्जनले जानकारी दिइन्।

सम्बन्धित समाचार