आज यी स्थानमा चट्याङ्गसहित वर्षा हुने, भोलि र पर्सीको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

देशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, मधेश प्रदेशसहित देशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

भोलि बुधबार कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानमा साथै बाँकी देशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पर्सी बिहिबार दिउँसो कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानका साथै बाँकी देशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी प्रदेश र लुम्बिनी प्रदेशसहित देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार