बलात्कारपछि सुन तस्करीको आरोपमा कृष्णबहादुर महरा पक्राउ

0 Shares

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई यति एअरलाइन्सको जहाजमार्फत काठमाडौं ल्याउने तयारी भएको छ ।

महरालाई सोमबार रुपन्देहीको भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो । उनी ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

उनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतमाथि समेत अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

महरा सभामुख हुँदा प्रतिनिधिसभामा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतल सफाई दिएसँगै जेलमुक्त भएका थिए ।

सम्बन्धित समाचार