निजामती कर्मचारी सेवाको सुरक्षा किन आवश्यक छ ?

0 Shares

निजामती कर्मचारी सेवाको सुरक्षा र सेवा सर्तको सुरक्षा किन आवश्यक छ ? नेपालको निजामती सेवामा यस सम्बन्धमा के कस्तो व्यवस्था गरिएको छ ?

प्रतिस्पर्धात्मक परीक्षामा सफल भएपश्चात् स्थायी नियुक्तिसँगै निजामती कर्मचारी निजामती सेवामा प्रवेश गर्दछन् । सेवा प्रवेश गरेपश्चात् निजामती कर्मचारीको जागिरको सुरक्षा हुने अवस्थालाई सेवाको सुरक्षा र जागिर प्रवेश गर्दाका बखत स्वीकार गरेका सेवाका सर्तहरू निजको मञ्जुरीबेगर हेरफेर नहुने अवस्थालाई सेवा सर्तको सुरक्षाका रूपमा बुझिन्छ ।

निजामती सेवाप्रतिको युवा पुस्ताको आकर्षण बढ्नुको प्रमुख कारण सेवाको सुरक्षा र सेवा सर्तको सुरक्षालाई लिने गरिएको छ ।

निजामती सेवाको सुरक्षा र सेवा सर्तको

सुरक्षाको आवश्यकता

– नागरिकले प्राप्त गर्ने सेवालाई निरन्तरता दिन,

– सरकारका महत्वपूर्ण अभिलेख र निर्णयहरू

सुरक्षित गर्न,

– सरकारी निकायमा संस्थागत सम्झना सुरक्षित गर्न,

– सार्वजनिक प्रशासनमा राजनीतिक तटस्थताको सिद्धान्त कार्यान्वयन गर्न,

– लामो कार्य अनुभवसहित प्रशासनमा व्यावसायिकता र विज्ञता विकास गर्न,

– सरकारका दीर्घकालीन नीति तथा योजना तर्जुमा र कार्यान्वयन गर्न,

– सरकारका सफल नीति तथा कार्यव्रmमको निरन्तरता दिन र असफल नीति तथा कार्यव्रmमहरू अन्त्य गर्न,

– सार्वजनिक प्रशासनमा स्थिरता कायम गर्न,

– कर्मचारी पदपूर्ति र तालिममा हुने प्रशासनिक खर्च बचत गरी प्राथमिकताप्राप्त क्षेत्रमा परिचालन गर्न,

– कर्मचारीलाई उच्च मनोबलसहित उत्प्रेरित भई काम गर्ने वातावरण प्रदान गर्न,

– कर्मचारीको व्यक्तिगत तथा पारिवारिक जिम्मेवारी र सङ्गठनको कार्य जिम्मेवारीबिच तालमेल मिलाउन,

– निजामती सेवामा प्रतिभावान् उम्मेदवार आकर्षित गर्न र सङ्गठनमा टिकाइराख्न,

निजामती सेवामा सेवाको सुरक्षा र सेवा सर्तको सुरक्षासम्बन्धी कानूनी व्यवस्था

क) सेवाको सुरक्षा

– कुनै कसुरको सम्बन्धमा निजामती कर्मचारीलाई सफाइको सबुत दिने मनासिब माफिकको मौका नदिई निजामती सेवाबाट हटाउने वा बर्खास्त गर्ने कार्य नहुने तर यस्तो व्यवस्था नैतिक पतन देखिने फौजदारी अभियोग तथा भ्रष्टाचार आरोपमा अदालतबाट कसुरदार ठहरिएको, म्यादी पदमा बहाल रहेको, भागी पत्ता नलागेको वा सम्पर्क स्थापित गर्न सम्भव नभएको पर्याप्त आधार भएकाको हकमा लागु नहुने,

– आफ्नो ओहोदाको कर्तव्य पालना सम्झी गरेको कुनै सरकारी कामको सम्बन्धमा निजउपर तोकिएको रित नपु¥याई मुद्दा चल्न नसक्ने,

– पदमा बहाल छँदा आफ्नो ओहोदाको कर्तव्य पालनाको सिलसिलामा गरेको कामको सम्बन्धमा बहाल टुटिसकेपछि पनि नेपाल सरकारको स्वीकृति नभई निजउपर मुद्दा नचल्ने, मुद्दा चलाउन नेपाल सरकारले स्वीकृति दिएमा निजको प्रतिरक्षा नेपाल सरकारले गर्ने,

ख) सेवा सर्तको सुरक्षा

– निजामती कर्मचारीको नियुक्ति हुँदाका बखत तत्काल लागु रहेको तलब, उपदान, निवृत्तिभरण र अन्य सुविधासम्बन्धी सेवाका सर्तहरूमा निजको स्वीकृतिबेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन नगरिने,

– पछि हुने संशोधनले उपर्युक्त सेवाका सर्तहरूमा कुनै प्रकारको प्रतिकूल असर पर्ने भएमा संशोधित व्यवस्थाबमोजिम गर्न मन्जुर गरेको लिखित स्वीकृति हुनुपर्ने,

– अन्त्यमा, समग्र सरकारी क्षेत्रको स्थायित्वका लागि निजामती कर्मचारीको सेवाको सुरक्षा र सेवा सर्तको सुरक्षा आवश्यक मानिन्छ । सेवाको सुरक्षासँगै निजामती सेवामा दण्ड र पुरस्कार पद्धतिको कार्यान्वयनमा पनि उत्तिकै ध्यान दिनु पर्दछ ।

सम्बन्धित समाचार