५५ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ

0 Shares

 

काठमाडौं । अनलाइन जुवामार्फत ५५ करोडको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका(७ का ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरेको हो ।

बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ । साथै, उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

हाल ललितपुरको महालक्ष्मी नगरपालिका ४ अफलटोल बस्ने राईले ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट लगायत प्रयोग गरी हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ । उनले २५ भन्दा बढी जिमेल एकाउन्ट खोलेर वान एक्सबेटमा प्रयोग गरेको पाइएको छ ।

विभिन्न व्यक्तिका नागरिकता, पासपोर्ट लगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ ।

सम्बन्धित समाचार