सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँ तोकिएको छ ।

यस्तै, तेजावी सुनको मूल्य एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदीको मूल्य ५० रुपैयाँलेल बढ्दै एक हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार