मानव तस्करीको आरोपमा पूर्वमन्त्रीलाई थप सात दिन हिरासतमा राख्न अनुमति

0 Shares

काठमाडौँ । जापानमा मानव तस्कर गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत, काठमाडौँले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा अनुसन्धान गर्न अनुमति दिएको हो । आइतबार पक्राउ परेका उनलाई यसअघि दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

यो घटनामा सोमबार पनि दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई छन् । उनीहरुले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको छ ।

मन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै जापान उडेका थिए ।

सम्बन्धित समाचार