0
Shares
काठमाडौँ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर गदै पाँच वर्षको कैद सजाय सुनाएपछि पूर्वमन्त्रीसमेत रहेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे सम्पर्कविहीन भएका छन् ।
मंगलबार सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । सर्वोच्चले उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गर्दै मनाङेलाई सजाय तोकेको हो ।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद फैसला सुनाएको थियो । सर्वोच्चको फैसलासँगै उनी मोबाइल अफ गरेर सम्पर्कविहीन भएका हुन् । उनलाई सर्वोच्चको पूर्णपाठ सार्वजनिक नहुँदासम्म पक्राउ गर्न पाइँदैन ।