0
Shares
काठमाडौँ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित हुने निश्चित भएको छ । रिपब्लिकन उम्मेदवारका उम्मेदवार ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्ने भएका हुन् ।
उनको जितसँगै डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसको पराजित हुने निश्चित भएको छ । राष्ट्रपति बन्ने पक्का भएसँगै ट्रम्पले आफ्ना समर्थनलाई सम्बोधन गरेका छन् ।
सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जित निकालेका उनी अन्य राज्यको मत गणनामा अगाडि छन् । उनी पहिलोपटक सन् २०१६ मा राष्ट्रपति बनेका थिए ।
सन् २०२० को निर्वाचनमा उनी डेमोक्रेटिकका उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए । रिपब्लिकनले यस पटक राष्ट्रपतिसँगै तल्लो र माथिल्लो दुवै सदनमा कब्जा गरेको छ । योसँगै देशको नीति नियम बनाउन राष्ट्रपति बन्न लागेका ट्रम्पलाई सहज हुने भएको छ ।