गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई ५ वर्ष जेल सजाय

0 Shares

काठमाडौँ । गण्डकी प्रदेशका पूर्व मन्त्रीसमेत रहेका दीपक मनाङेलाई पाँच वर्ष जेल सजाय तोकिएको छ ।

उनलाई सर्वोच्च अदालतले गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको हो । मनाङेलाई यसअघि उच्च अदालतले पनि दोषी ठहर गरेको थियो ।

उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको हो । उनलाई उच्च अदालत पाटनले पनि पाँच वर्ष कैदको फैसला सुनाएको थियो ।

सम्बन्धित समाचार