0
Shares
काठमाडौँ । पेस्तोल देखाएर स्थानीयबासीलाई धम्की दिएर त्रसित बनाउँदै हिँड्ने एक युवक काठमाडौँको रानीवनबाट पक्राउ परेका छन् ।
काठमाडौँको नागर्जुन नगरपालिका १ नमूना टोलमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका ७ घर भई सोही स्थानमा बस्ने २५ वर्षका अनिल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले निजको कोठा तलासी गरी पेस्तोल र खाली म्यागजिन एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका खड्कामाथि प्रहरी बृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।