युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा बार्सिलोना र आर्सनल

0 Shares

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब आर्सनल युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेका छन्‌।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ३-१ गोलले पराजित गरेसँगै बार्सिलोना समग्रमा ४-२ गोलले अघि रह्यो।

यता आर्सनलले पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्‍यो। आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेग घरेलु टिमले १-० गोलले जितेपछि समग्रमा १-१ को बराबरी भएको थियो।

पहिलो लेग पोर्टोले जितेको थियो।

सम्बन्धित समाचार