0
Shares
काठमाडौँ । रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ कागडाँडामा बोलेरो दुर्घटना हुँदा शिशुको निधन भएको छ । लु ३ च १६५६ नम्बरको बालेरो दुर्घटना हुँदा दुई दिने शिशुको निधन भएको हो ।
रोल्पाको लुङ्ग्री गाउँपालिका १ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत घर फर्किने क्रममा बोलेरो दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा निधन भएको हो ।