जनमोर्चाले राष्ट्रिय सभा अध्यक्षका दुवै उम्मेदवारलाई दिएन मत

0 Shares

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मतदान प्रक्रियामा राष्ट्रिय जनमोर्चा सहभागी भएको छैन।

एक जना सासंद भएको जनमोर्चाले दुवै उम्मेदवारलाई भोट नहालेका हुन्। मंगलबार भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा तुलबहादुर विश्वकर्माले दुबै उम्मेदवारलाई मत नहालेका हुन्। सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्मा उम्मेदवार छन्।

छलफलको क्रममा बोल्दै विश्वकर्माले दुबै पक्षलाई मत नहाल्ने निर्णय गरेको बताएका थिए। राष्ट्रिय सभामा जनमोर्चाका एक जना सांसद छन्। युवराज शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भइसकेको छ। नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि हस्ताक्षर गर्ने काम भइरहेको छ।

सम्बन्धित समाचार