५८ वर्षीय पुरुषले किन गरे किशोरीको हत्या ?

0 Shares

काठमाडौँ । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या गरेको आरोपमा एक जनालाई सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षिय आरती भट्टराईको हत्या आरोपमा एक जनालाई सार्वजनिक गरिएको हो ।

पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा आइतबार सार्वजनिक गरिएको हो । अमरगढी नगरपालिका ७ की बालिका भट्टराईको हत्या गरिएको थियो ।

डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

“घटना टेकबहादुर भण्डारीको स्टेश्नरी पसल नै हो”, डीएसपी श्रेष्ठले भने, “पसलभित्र कोठामा आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन् ।”

स्थानीयले बलात्कारपछि हत्या भएको दाबी गर्दै कडा कारबाहीको माग गरेका छन् । बालिकाको शवको प्रतिवेदन आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने प्रहरीले जनाएको छ ।

“जवरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुन सक्ने हाम्रो अनुमान छ, तर यकिन जानकारी अहिले प्राप्त भइसकेको छैन”, उनले भने ।

किशोरी असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै मिल गएकी थिइन् । पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको जनाइएको छ ।

 

सम्बन्धित समाचार