0
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकाको आइतबार न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ । शनिवार काठमाडौँको न्युनतम तापक्रम १६.५ डिग्री सेल्सियस पुगेको थियो ।
यस्तै शनिबार २८.३ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज २८ डिग्री सेल्सियसमा झरेको छ । समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ ।
नेपालबाट मनसुन हिजो असोज २६ गते (अक्टोबर १२ तारिख) पूर्ण रूपमा बाहिरिएको हो।