0
Shares
काठमाडौं ।सरकारले मुलुकको समग्र्र अर्थतन्त्र बारेमा अध्ययन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । असोज २१ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मंगलबार सञ्चार सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्व सचिव रामेश्वरप्रसाद खनालको नेतृत्वमा आयोग गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्री गुरुङले मुलुकको समग्र्र अर्थतन्त्र सुधारका बारेमा राय सहित सुझाव पेस गर्न आयोग बनाउने निर्णय भएको बताए ।
यस्तै आरोहणका लागि थप ५७ हिमाल खुला गर्न स्वीकृत दिने निर्णय भएको गुरुङले बताए ।